सडक डिभिजन कार्यालयले थुपारेको ढुंगामा ठोक्किदाँ मोटरसाइकल दुर्घटना, एकको मृत्यु

२७ असार, हेटौँडा ।

हेटौंडामा सडक डिभिजनले थुपारेको ढुंगामा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–३ का ३२ वर्षीय कृष्णहरि कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडिमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा कार्की घाइते भएका थिए ।

घाइते कार्कीको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गएराति हेटौंडाबाट बस्तिपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडिमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोक्किएर अनियन्त्रित भई पल्टिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here