बिजुलीको तार टोक्दा करेन्ट लागेर किशोरको ज्यान गयो

२७ असार, रौतहट ।

रौतहटमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको राजपुर नगरपालिकाका ३ का ओसी महमदका १४ वर्षीय छोरा रिजमाद महदको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

रिजमादलाई शनिबार दाँतले टोकेर पानी चलाउने मोटरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई सुरेश गुप्ताले जानकारी दिएका छन् ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय राजपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here