२७ असार, सर्लाही ।
पोखरीको डिलमा बसेर माछा मारेको हेरिरहेका एक युवक डिलबाट खसेर पोखरीमा डुबेका छन् ।
जिल्लाको विष्णु गाउँपालिका ३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृष्य डिलमा बसेर हेरिरहेका गोडैता नगरपालिका २ बस्ने ३५ वर्षीय जयकरण मुखिया एक्कासी लडेर पोखरीमा डुबेका थिए ।
डुबेर बेपत्ता भएका मुखियाको खोजी गर्ने क्रममा महाजालकै प्रयोग गर्नुपरेको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । पोखरीमा महाजाल हालेपछि बेपत्ता भएका उनको शव फेला परेको बुढाथोकीले बताए ।
मृतक मुखियाको शव मलंगवा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ ।