२६ असार, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकका बाढी पीडितलाई प्रतिपरिवार ५० हजार रुपैंया राहत दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रको निरिक्षण गरेपछि प्रधानमन्त्री ओलीले बाढीपीडितको अस्थायी व्यवस्थापनको लागि लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले हेलम्बु गाउँपालिकालाई २ करोड ५० लाख, पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २ करोड र मेलम्ची नगरपालिकालाई १ करोड ६५ लाखको चेकसमेत हस्तान्तरण गरे ।
बाढीपीडितको दीर्घकालीन व्यवस्थापनमा सरकार गम्भीर भएको भन्दै ओलीले पीडितको निजी आवास निर्माणको लागि पाँच लाख रकम उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएका छन् ।
सेनाको हेलिकप्टारबाट उनले बाढी अतिप्रभावित क्षेत्रको निरिक्षण गरेका थिए । असार १ गतेको बाढीले सिन्धुपाल्चोकको मेलम्चि, हेलम्बु लगायतका क्षेत्रमा जनधनको ठुलो क्षती पुर्याएको छ ।
त्यहाँ पुगेर निरिक्षण गरेपछि प्रधानमन्त्री ओलीले विपत्तिको बेला राजनीति नगर्न पनि आग्रह गरेका छन् । ‘यस्तो बेलामा कसैले पनि राजनीति नगरौँ पीडितहरूको व्यवस्थापनमा जुटौँ’ प्रधानमन्त्री ओलीले भने ।