एमाले कार्यदलले अझै सहमति जुटाउन सकेन

भोली एकताको सुखद समाचार दिन्छौं: गोकर्ण विष्ट

असार २६, काठमाडौं

नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदल आजपनि सहमति जुटाउन असफल भएको छ ।सिंहदरबारमा बसेको कार्यदलको आजको बैठकपनि विना निष्कर्ष सकिएको छ ।

यद्धपी सहमतिको अन्तिम बिन्दुमा पुगेको कार्यदल सदस्य गोकर्ण विष्टले बताएका छन् । बैठकपछि बाहिरिने क्रममा उनले आफूहरुले छलफल गर्नुपर्ने सबैजसो विषय टुङ्ग्याएको र यसलाई औपचारिक रुप दिन मात्र बाँकी रहेको भन्दै भोली एकताको सुखद समाचार दिने बताए ।

‘गम्भिरताका साथ एकले अर्काको समस्या र मनोविज्ञान बुझ्दै छलफल गर्यौं र लगभग एउटा निष्कर्षमा, अन्तिम अवस्थामा आइपुगेका छौं, विष्टले भने, भोलीको दिन पार्टी एकताको सन्देश सुन्ने सफलता प्राप्त गर्नेछौं ।’

यसअघि हिजोपनि कार्यदलका सदस्यहरुले आजको बैठक निष्कर्षमा पुग्ने बताएका थिए । तर आजपनि सहमति नजुटेपछि नेताहरुवीचको बाक्लो भेटले प्रभाव पारेको आशंका गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालवीचको भेटले सहमतिमा प्रभाव पारेको हो ? भन्ने पत्रकारको प्रश्नमा नेता विष्टले त्यो भेटलाई अन्यथा नलिन आग्रह गरे । ‘त्यसको कुनै प्रभाव छैन, विरामी परेको व्यक्तिलाई कोही भेट्न जाने कुरालाई अन्यथा नलिऊ’ उनले भने ।

नेकपा एमालेभित्र नेताहरुवीच अविश्वासको दुरी घटिरहेको भन्दै उनले आफूहरुले अहिलेसम्म भएका कमिकमजोरीहरुलाई महसुस गर्दै एकठाउँमा आउने मुख्य आधार तयार गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here