प्रचण्ड स्वघोषित नेता मात्र भएको नेता रायमाझीको जिकिर

२६ असार, काठमाडौं ।

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा रायमाझीले प्रचण्डकै कार्यशैलीका कारण पार्टी कमजोर हुँदै गएको र आफूहरुले त्यही कार्यशैलीको विरोध गर्दै आएको बताए ।

रायमाझी सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका थिए ।

नेता रायमाझीले ६९ सालमा नाममात्रैको महाधिवेशन गरिएको भन्दै विगत ३३ बर्षदेखि विचार, विधि र प्रक्रिया विना नै अध्यक्ष प्रचण्ड स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको आरोप लगाए ।

उनले शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी र निरंकुश तरिकाले सञ्चालन गरिएकोले पार्टी कमजोर हुदै गएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here