प्रचण्डले गरे देउवा र नेपालसँग भेट

२६ असार, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् ।

अध्यक्ष प्रचण्डले दुबै नेतासँग उनीहरुको निवासमा पुगेर भेट गरेका हुन् ।

शनिबार दिउँसो प्रचण्ड देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए । त्यस्तै नेता नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here