२६ असार, हेटौंडा ।
वाग्मती प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । बैठक भोलि आइतबार बिहान साढे ११ बजे बस्ने गरि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक विभिन्न कारणले अवरुद्ध हुँदै आएको छ ।
यसअघि असार १९ र २१ गते बसेको प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा वाग्मती प्रदेश सरकारले ल्याएको गौरवको योजनामा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न नहुने, विद्युतीय बस सञ्चालन गर्न नहुने तथा प्रदेश सरकार आफैले सञ्चारगृह स्थापना गर्न नहुने सहितका माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र तथा प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।