निरज यादव/प्रदेशपालिका
२५ असार, सर्लाही ।
जिल्ला सदरमुकाम मलंगवा नगरपालिकामा शुक्रवार बेवारिसे अवस्थामा शव भेटिएको छ । आज दिउँसो एक भारतीय पुरुषको शव फेला परेको हो ।
मलंगवा ८ स्थित नेपाल बैंक र पुरानो भन्सार कार्यालयको बीचमा नेपाल बैकदेखी करिब ४० मिटर दक्षिणपट्टीको एक घरको बरण्डामा राखिएको खाटमा ३५ वर्षीय ती पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
उक्त शव भारतको कन्हौली थाना, भलुवहा पंचायतको रमनगरा गाउँ बस्ने रामवृक्ष रायको ३५ वर्षीय छोरा मुकेश रायको रहेको बुझिएको छ । स्थानीयका अनुसार उनी सधैँ मदिरा सेवन गरेर मात लागेपछि सोहि ठाउँमा सुत्ने गर्थे भने घर समेत जाँदैनथे ।
बरामद शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।