२५ असार, काठमाडौं ।
भारतको केरलमा जिका भाइरसको पहिलो संक्रमणको घटना सार्वजनिक भएको छ ।
एडिज लामखुट्टेको टोकाइबाट फैलने जिका भाइरसको संक्रमणको घटना केरलमा पहिलो रहेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।
केरल राज्यमा जिका पोजेटिभ संक्रमणको आशंकामा १३ जनाको नमूना परीक्षण गरिएको थियो । पुणेस्थित नेशनल इन्स्टिट्यूट अफ भाइरोलोजीमा ल्याब परीक्षण भएको थियो ।
स्वास्थ्य विभागका अनुसार तिरुवनन्तपुरमको परसालाकी २४ वर्षीया गर्भवतीमा भाइरस पुष्टि भएको हो । उनको निजी अस्पतालमा उपचार भइरहेको छ ।