२५ असार, तनहुँ ।
खोला तर्ने क्रममा बिहीबार बेपत्ता भएका तनहुँका मैते नेपाली शुक्रबार बिहान मृत फेला परेका छन् ।
जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीय ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो ।
बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन ।
आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । (रासस)