ठमेलबाट ५ चिनियाँ जुवाडे पक्राउ

२५ असार, काठमाडौं ।

नेपाल प्रहरीले ठमेलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार राति करिब १० बजे सम्पत्ति हार जीत हुने गरी ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

ठमेल जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा उनीहरुले जुवातास खेलिरहेको प्रहरीले फेला पारेको थियो । पक्राउ पर्नेमा सिआयोलङसहित पी. चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन् ।

उनीहरुको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँसमेत बरामद गरिएको छ । स्थानिय मानिसहरुको रोहबरमा दशीका सामानसहित बरामद गरी नियन्त्रणमा लिइ वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here