२५ असार, चितवन ।
भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ ।
बुधबार राति १० बजेदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक शुक्रबार बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।
एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर सवारी साधन सञ्चालनमा समस्या भइरहेको छ । पानी परे लगत्तै पहिरो खस्ने गरेको छ ।