२४ असार, काठमाडौं ।
कृष्णहरि पुष्कर सचिवमा बढुवा भएका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा समितिले सिफारिस गरेका प्रशासन सेवाका तीन वरिष्ठ सहसचिवमध्ये पहिलो नम्बरमा पुष्कर परेका थिए । उनलाई सचिवमा बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
बिहीबार बिहान लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव पुष्कर, खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो ।