मकवानपुरबाट ठूलो परिमाणममा गाँजा बरामद

२४ असार, हेटौँडा ।

प्रहरीले मकवानपुरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बुधबार र बिहीबार बिहान प्रहरीले मकवानपुरबाट गाँजा बरामद गरेको हो ।

हेटौडा उपमहानगरपालिका–५ बाट प्रहरीले १२० किलो ९ सय ग्राम गाँजा बिहीबार बिहान बरामद गरेको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार प्रदेश३–०१–०२२च ७२३६ नम्बरको बोलेरो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।

यस्तै, बुधबार अपराह्न हेटौडा–१५ पीपल चौताराबाट प्रहरीले बोलेरोबाट नै ५७ किलो ९ सय ग्राम गाँजा बरामद गरेको छ । ना४च ५०१५ नम्बरको बोलेरोबाट गाँजा बरामद गरेको हो ।

बोलेरोका चालक चितवन राप्ती नगरपालिका–६ का २६ वर्षीय सञ्जय चौधरी र सोही ठाउँका ४८ वर्षीय लालजी साहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here