२४ असार, काठमाडौं ।
पेट्रेलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । बिहिबार बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर अखिल क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेको हो ।
लकडाउन सुरुभएदेखि निगमले धेरै पटक पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरिसकेको छ ।
पछिल्लो पटक असार २२ गते पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो । आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले वृद्धि गरेको थियो ।