२४ असार, नवलपरासी ।
लगातारको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपरासी (बर्दाघाट–सुस्तापूर्व)को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
लगातार परेको पानीका कारण सडककोे ह्युमपाइप बगाएर बिहिबार बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको प्रहरीको भनाइ छ ।
शुरुमा साना सवारी साधन सञ्चालन हुनेगरी डाइभर्सन निर्माण गरिने र लामा सवारी साधन केहीबेर रोकेर राखिने प्रहरीको तयारी छ । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनको लामो लाइन लागेको छ ।