भेरोसेल खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै

तस्वीरः सांकेतिक

२४ असार, काठमाडौं ।

कोरोनाविरुद्धको भेरोसेल खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ ।

‘भेरोसेल’ खोप ल्याउन निगमको बाइडबडी ए–३३० जहाज बेइजिङ जान लागेको हो ।

बिहीबारदेखि यहि साउन ८ गतेसम्म गरेर तीनवटा उडानमार्फत खोप ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार साँझ चीन प्रस्थान गर्ने जहाजले शुक्रबार भेरोसेल खोप काठमाडौं ल्याउने छ । यस्तै असार ३१ गते पुनः वाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

खोप कति आउने भन्ने अहिले यकिन नभएको मन्त्रालयले बताएको छ ।

खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

चीनको सिनोफार्म कम्पनीबाट सरकारले भेरोसेल खोप खरिद गर्न लागेको हो । सरकारले सरकार–सरकार (जिटुजी)मार्फत चीनबाट खोप खरिद सम्झौता गरेको छ ।

नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसंयालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here