२४ असार, पाल्पा ।
पाल्पाको हिउँदे खोला गाउँमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका–५ हिउँदे खोला भन्ने गाउँमा खसेको पहिरोले ६ घर बगाएको छ । पहिरोमा घर पुरिँदा एक बालक बेपत्ता छन् भने सात जना घाइते भएका छन् ।
पहिरोमा पुरिएर मृत्यु हुने ४५ वर्षीय वीरबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा सोही ठाउँकी पुजा परियारका चार वर्षीय छोरा रहेका छन् ।
पहिरोले स्थानीय नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर बगाएको छ । पहिरोले सिद्धार्थ राजमार्गसमेत अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गको धेरै ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोका कारण बुटवल पाल्पा सडक खण्ड पनि अवरुद्ध भएको छ ।