एमालेको विवाद समाधानतिर, भोलि फेरि अर्को बैठक

२३ असार, काठमाडौं ।

नेकपा एमालेभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदल बैठक सकारात्मक ढंगले अघि बढेको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु बुधबार सिंहदरबारमा छलफलमा जुटेका थिए । बैठक सकारात्मक भएको कार्यदलका सदस्य रघुजी पन्तले बताए ।

‘बैठक सहमति उन्मुख छ। सहमति भएको छैन’, उनले भने । तीन दिनदेखि एमाले कार्यदलको बैठक निरन्तर बसिरहेको छ ।

मंगलबार बसेको कार्यदल बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि फरक फरक गतिविधि गर्दै आएका एमालेका दुई समूहलाई मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने बताउँदै आएका छन् भने ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका छन् ।

सांसदहरुले हस्ताक्षर फिर्ता लिए प्रतिनिधिसभा पुनर्स्थापित भएको अवस्थामा पनि संसदमा आफ्नै पार्टी बलियो हुने र सत्ता तत्काल छोड्नुनपर्ने बुझाइ ओली समूहको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here