समाजवादीको समस्या सुल्झाउन आयोगले गठन गर्यो इजलास

२३ असार, काठमाडौं ।

निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।

इजलासमा थपलियासहित निर्वाचन आयुक्तहरु ईश्वरी पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जवरा रहेका छन् ।

आयोग पदाधिकारीहरुको बुधबार बसेको बैठकले इजलास गठन गरिएको आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले नेपालखबरलाई बताए ।

बुधबार नै बसेको इजलासको बैठकले जसपा विवादमाथिको सुनुवाइका लागि आगामी साउन ३ गते बिहान ११ बजे दुवै पक्षलाई बोलाउने निर्णय गरेको छ । बहसका लागि कानुन व्यवसायीको बहस नोट माग गर्दै दुवै पक्षलाई पत्राचार गरिएको प्रमुख आयुक्त थपलियाले बताए ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।

आयोगले दुवै पक्षलाई मंगलबार बोलाएर सहमति जुटाउने प्रयास गरेपनि दुवै पक्षले मिलेर जान अस्वीकार गरेपछि दलको आधिकारिकताको सुनुवाइ प्रक्रिया सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here