निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढायो

२३ असार, काठमाडौं ।

नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्य बढाएको छ । यसअघि समायोजन भएको १३ दिनमै पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ ।

यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमको भनाइ छ ।

निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ ।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ । अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ ।

अब प्रतिकिलोलिटर अमेरिकी डलर ७५४ कायम भएको छ । एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here