माओवादी केन्द्रका पूर्व नेताहरुले उक्त दल खारेजीको माग गर्दै रिट हाल्ने

२३ असार, काठमाडौं ।

नेकपा एमालेमा रहेका पूर्व माओवादी केन्द्रका नेताहरूले नेकपा माओवादी केन्द्र खारेजीको माग राख्दै रिट हाल्ने तयारी गरेका छन् ।

एमालेमा रहेका पूर्व माओवादी नेताहरु रामबहादुर थापा, मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतले रिट दिने तयारी गरेका हुन् ।

माओवादी केन्द्रको दल दर्ता खारेजीको लागि रिट हाल्ने तयारी भएको एक नेताले बताए ।

‘हामी ५ भाइले माओवादी केन्द्रको दल दर्ता खारेजीको माग राख्दै रिट दिने तयारी गरेका छौं। माओवादी केन्द्र वैधानिक छैन । ५ वर्षमा महाधिवेशन हुनुपर्ने हो तर हुन सकेको छैन,’ ती नेताले भने, ’अर्को कुरा माओवादी केन्द्रको कमिटी पनि अवैधानिक छ । हामीले भोलि रिट हाल्ने तयारी गरेका छौं ।’

आफूहरूले कानुन व्यवसायीसँग छलफल गरिरहेको ती नेताले बताए ।

सर्वोच्च अदालतमा रिट हाल्ने या निर्वाचन आयोगमा हाल्ने भन्ने अझै टुंगो नलागेको समेत ती नेताको भनाई छ ।

माओवादी केन्द्रको महाधिवेशन २०७१ जेठमा भएको थियो ।

त्यसयता महाधिवेशन हुन सकेको छैन । २०७५ जेठ ३ गते एमाले र माओवादी एकता भएको थियो । एमाले र माओवादी एकता भएर गठन भएको नेकपालाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरिदिएको थियो । नेकपाको एकता खारेज भएपछि थापा,भट्ट लगायतका नेताहरुले एमाले रोजेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here