निरज यादव/प्रदेशपालिका
२३ असार, सर्लाही ।
जिल्लाको धनकौल गाउँपालिकाले आफ्नो सातौँ गाउँसभा सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष रामआश्रय साहको अध्यक्षता तथा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा गाउँ सभाको उद्घाटन गरिएको हो ।
आर्थिक बर्ष २०७८÷०७९ नीति तथा कार्यक्रम उक्त गाउँपालिकाको सार्वजनिक मञ्चमा सम्पन्न भएको थियो । आगामी आर्थिक वर्षको ३५करोड ४५ लाख ६७ हजार रूपैयाँको अनुमानित बजेट गाउँपालिका प्रमुख साहले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका उपप्रमुख अकली सहनी र गाउँपालिकाका सम्पूर्ण कर्मचारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधी, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।