बैंकहरुमा निक्षेप बढ्यो, कर्जा लगानीमा शतप्रतिशत वृद्धि

२३ असार, काठमाडौं ।

पछिल्लो समय बैंकहरुमा निक्षेप आउने क्रम बढेको छ । सँगै कर्जा लगानी पनि बढेको बैंकहरुले जनाएका छन् ।

असार १ गते यता बैंकहरुमा ५५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । जेठ ३१ गते बैंकहरुमा ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप थियो ।

असार १८ गतेसम्ममा ५५ अर्ब रुपैयाँले बढेर बैंकहरुको निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । अघिल्लो एक महिनामा जम्मा ३६ अर्ब रुपैयाँमात्रै निक्षेप संकलन भएको थियो । जेठको तुलनामा असार महिनामा कर्जा लगानी शतप्रतिशतले वृद्धि हुने देखिएको छ ।

संघका अनुसार कर्जा लगानी भने असार महिनामा दैनिक औसत एक अर्ब हाराहारीमा लगानी हुने गरेको छ । असार १८ गतेसम्म बैंकहरुले २२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कर्जा लगानी भने धेरै वृद्धि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here