फेरि बढ्दै कोभिड संक्रमण

२२ असार, काठमाडौं ।

नेपालमा फेरि कोरोना संक्रमण बढ्दै गएको तथ्यांकले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको छ ।

लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो ।

मंगलबार २ हजार ६ सय ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा १५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५ सय ८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय १८ जना तथा एन्टिजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४ सय ९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा थप २ हजार २ सय ११ जनामा कोरोना संक्रमणमुक्त भएका थिए ।

यही अवधिमा थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार २ सय ६३ जनाले ज्यान गुमाइसकेका छन् ।

हाल २२ हजार ९ सय ६९ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५ सय ६७ जना र भेन्टिलेटरमा १ सय ७१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here