कोरोनाका कारण बुटवलका वडाध्यक्षको मृत्यु

२२ असार, रुपन्देही ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष हुमनाथ आचार्यको कोभिड–१९ का कारण मंगलबार निधन भएको छ ।

७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको उपमहानगरपालिका प्रवक्ता राम प्रसाद रेग्मीले जानकारी दिए ।

उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।

आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here