युवक हत्या आरोपमा दुई जना पक्राउ

२२ असार, काठमाडौं ।

एक युवकको हत्या गरेको आरोपमा काठमाडौंको चन्द्रागिरिबाट २ जना पक्राउ परेका छन् ।

चन्द्रागिरी नगरपालिका–३ थानकोट बस्ने महोत्तरी जलेश्वर नगरपालिका २ घर भएका २० वर्षीय जितेन्द्र साहको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले चन्द्रागिरी नगरपालिका ३ थानकोट बस्ने ३६ वर्षीय सोमलाल गोपाली र मकवानपुर दामन घर भएका २५ वर्षीय मनोज दोङ तामाङलाई नियन्त्रणमा लिएको हो ।

चन्द्रागिरी नगरपालिका ३ थानकोटमा आइतबार राति गोपाली समेतका ३ जनाले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका साहको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा गोपालीलाई चन्द्रागिरी नगरपालिका ३ थानकोट र तामाङलाई सोही नगरपालिका १ दहचोकबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न १ जना फरार रहेका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here