साथीको मृत्यु हुनेगरी बम विष्फोट गराएको अभियोग लागेका विप्लव कार्यकर्ता केसी रिहा

२२ असार, काठमाडौं ।

दुई वर्षअघि काठमाडौंको घट्टेकुलोमा बम विष्फोट गराएको आरोपमा जेल परेका रविन केसी रिहा भएका छन् ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) त्रिचन्द्र कलेज इकाई कमिटीका पूर्व अध्यक्ष समेत रहेका केसी २५ महिनापछि रिहा भएका हुन् ।

सोमबार अखिल क्रान्तिकारी केन्द्रीय समितिले राजधानीको आर आर क्याम्पसमा केसीको स्वागतमा एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेकपाकी नेतृ तारा सञ्जेल लगायतको उपस्थिति रहेको थियो । २०७६ जेठ १२ गते भएको घट्टेकुलो विष्फोटमा नेकपाकै कार्यकर्ता प्रज्वल शाहीको मृत्यु भएको थियो भने केसी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here