बाघको आक्रमणले बर्दियामा वृद्धको ज्यान गयो

२२ असार, बर्दिया ।

जिल्लामा बाघको आक्रमणबाट फेरि एक पुरुषको मृत्यु भएको छ ।

विगत एक वर्षयता एकपछि अर्को गर्दै बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या वृद्धि भइरहेको बेला मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको पनि बाघले नै ज्यान लिएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।

आइतबारदेखि हराइरहेका खत्रीको शव नेपाल–भारत सीमा क्षेत्रमा रहेको सम्झना सामुदायिक वन भित्र क्षतविक्षत अवस्थामा सोमबाट भेटिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट यसवर्ष १२ जनाको ज्यान गइसकेको छ भने दुई वर्षयता पाटे बाघबाट २१ र जंगली हात्तीबाट २ गरि २३ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here