जापानमा पहिरोमा परेकामध्ये २२ जनाको उद्धार, अझै झन्डै २ सय बेपत्ता

२२ असार, काठमाडौं ।

जापानमा पहिरोमा परेका २२ जनको उद्धार गरिएको छ भने अझै पनि दुई जय जनाजति बेपत्ता नै छन् । गत शनिबार विहान आएको पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्यले खासै गति लिन सकेको छैन ।

देशको मध्य भागमा पर्ने अतामी सहर क्षेत्रमा अत्यधिक वर्षपछि ठूलो पहिरो गएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

अतामीका मेयरले घटनास्थलका विभिन्न ठाउँमा उद्धारकर्ताहरू परिचालन गरिएको भए पनि सफलता प्राप्त हुन नसकेको उल्लेख गरे । घटनास्थलबाट २२ जनालाई उद्धारकर्ताहरूले जीवितै उद्धार गरेका छन् भने अहिलेसम्म तीन जनाको मात्रै शव भेटिएको छ ।

प्रहरी अधिकारीहरुले अहिलेसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि गर्न सकिएको बताएका छन् ।

सरकारी अधिकारीहरुले घटना भएको बेला त्यस क्षेत्रमा २ सय १५ जना मानिस रहेको र पहिरो गएको ठाउँमा १ सय ३० ओटा घर रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here