सानेपामा भारतीय नागरिकको शव भेटियो, हत्याको आशंका

२१ असार, ललितपुर ।

ललितपुर महानगरपालिका– २ सानेपा स्थित गुर्सिङ्गालमा घरभित्र भारतीय नागरिक मृत फेला परेका छन् ।

भारतको राजस्थान घर भएका ५९ वर्षीय सत्यनारायण पारिकको शव भेटिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

दई तले घरको दोस्रो तलामा पारिक मृत फेला परेका हुन् । घटनास्थलमा रगत देखिएको छ ।

घटनास्थलको अनुसन्धानका लागी तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । सो घरमा पारिक एक्लै बस्दै आएका थिए । उनको हत्या भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here