ओखलढुंगाका सब–इन्जिनियर ३० हजार घूससहित समातिए

२१ असार, ओखलढुंगा ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाबाट ३० हजार रुपैयाँ घूससहित सव–इन्जिनियरलाई पक्राउ गरेको छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घूस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियार टोलीले पासवानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here