राजधानीमा बिहान साढे ६ बजे भूकम्पको धक्का

Closeup of a seismograph machine earthquake

२१ असार, काठमाडौं ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । सोमबार आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको जानकारी दिएको छ ।

केन्द्रले ३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here