चिकित्सकको प्रेस्किृप्सन बिना औषधि खरिद बिक्रि गर्ने दुई जना पक्राउ

२१ असार, कैलाली ।

प्रहरीले चिकित्सकको स्वीकृति बिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१३ बस्ने २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका–१ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने सोही उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय करण चौधरी रहेका छन् ।

उनीहरुमध्ये जोशी औषधि खरिद गर्ने र चौधरी औषधि बिक्री गर्ने कार्यमा संलग्न रहेका थिए ।

सोही उपमहानगरपालिका–१ एलएन चोकमा साईकलमा आएका जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २० ट्याब्लेट स्पास्मो, २ क्याप्सुल परलिन र १२ क्याप्सुल प्रेगास्टार सहित फेला पारी आइतबार पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उनले उक्त मेडिकोबाट औषधि खरिद गरेको खुल्न आएपश्चात चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

उक्त प्रालिबाट २ सय २ ट्याब्लेट स्पास्मो, २ सय ९७ क्याप्सुल परलिन र ६ सय १५ क्याप्सुल प्रेगास्टार समेत प्रहरीले बरामद गरेको छ । बरामद औषधिसहित जोशी र चौधरीलाई आवश्यक कारबाहीका लागी औषधी व्यवस्था विभाग नेपालगञ्ज पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here