उपत्यकामा जोर बिजोर हट्यो, परीक्षा पनि सञ्चालन गर्न पाइने

२१ असार, काठमाडौंं ।

काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली हटाउँदै निषेधाज्ञालाई जारी राखिएको छ ।

आइतबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको आदेश अनुसार ३१ गते सम्मको लागि निषेधाज्ञा थपिएको हो ।

निषेधाज्ञामा सभा तथा सम्मेलन गर्न पाइने छैन ।

असार २२ गतेदेखि जोर–बिजोर प्रणाली हटाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

उनकाअनुसार अब अनुमति लिएर काठमाडौं उपत्यकाभित्र प्रवेश गर्न पनि दिइन्छ । तर जिल्ला प्रशासन कार्यालयबाट अनुमति भने लिनुपर्नेछ ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न पाइने भएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो ।

माइक्रोको तेस्रो सिटमा चार–चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन ।

सवारीको मध्यभागमा दुईतर्फी यात्रुहरू छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।

यसका साथै पूर्वनिर्धारित परीक्षाहरू सञ्चालन गर्न पाइनेछ । परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नुपर्नेछ ।

निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ । बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here