के हो एप्पलले आगामी वर्ष ल्याउन लागेको एयरपोड्स प्रो–२ ?

२१ असार, काठमाडौं ।
सन् २०२२ मा एप्पलले नयाँ ‘एयरपोड्स प्रो–२’ सार्वजनिक गर्ने अनुमान छ ।

‘एयरपोड्स प्रो’ हेडफोनले बजारमा कमाएको सफलतापछि कम्पनीले ‘एयरपोड्स प्रो–२’ ल्याउन सक्ने एप्पलका विश्लेषक मिङ–ची कुओले बताएका छन् ।

विश्वबजारमा एप्पलको वायरलेस हेडफोनको बिक्री उच्च स्थानमा रहे पनि अन्य स्मार्टफोन कम्पनीहरु पनि प्रतिस्पर्धामा आइरहेका छन् । यस्तो बेला एप्पलले आफ्नो नयाँ उत्पादन अझ राम्रो फिचरका साथ सार्वजनिक गर्न सक्ने प्रशंसकहरुको अनुमान छ ।

विश्लेषक कुओले सन् २०२० देखि नै ‘एयरपोड्स प्रो–२’का फिचर र सार्वजनिक मिति अनुमान गर्दै आएका छन् । उनका अनुसार ‘एयरपोड्स प्रो–२’ मा राम्रो ब्याट्री सुविधा हुनेछ । यसको ब्याट्री २४ घण्टासम्म टिक्ने छ । साथै यसमा नोइज क्यानसलिङ मोड र एमबियन्ट लाइट सेन्सर हुनेछ ।

यो एयरपोड्सले प्रयोगकर्ताको स्वास्थ्यसमेत ट्रयाक गर्न सक्नेछ । यसले प्रयोगकर्ताको रगतको अक्सिजन स्तर र मुटुको धडकन मापन गर्ने एप्पल इन्साइडरले उल्लेख गरेको छ ।

यसैगरी ‘एयरपोड्स प्रो–२’को केसको डिजाइनमा परिवर्तन हुनसक्ने सम्भावना छ । नयाँ केसको लम्बाइ ४६ एमएम लामो, चौडाई ५४ एमएम र मोटाई २१ एमएमको हुनेछ । ‘एयरपोड्स प्रो–२’को स्टिम भने पुराना मोडलभन्दा छोटो हुनेछ ।

‘एयरपोड्स प्रो–२’को मूल्य लगभग दुई सय ५० अमेरिकी डलर पर्न सक्ने अनुमान छ ।

एप्पलले यदी ‘एयरपोड्स प्रो–२’ उत्पादन नगरेपनि अर्को वर्ष यसले दश करोडभन्दा बढी वायरलेस हेडफोन बिक्री गर्ने योजना बनाएको मिङ–ची कुओले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here