किरणसँग पनि आमिरले गरे सम्बन्धविच्छेद

२० असार, काठमाडौं ।

बलिउड अभिनेत्री आमिर खान र किरण रावले सम्बन्ध विच्छेद गर्न लागेको बताएका छन् । विवाहको १५ वर्षपछि उनीहरु छुट्टिन लागेका हुन् ।

यो आमिर खानको दोस्रो सम्बन्धविच्छेद हो । आमिरको पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद भएको थियो ।

आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति–पत्नीको सट्टा अलग–अलग जिवन जिउने घोषणा गरे ।

आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।’

उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । हामी हाम्रा सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुले सन् २००५ डिसेम्बर २८ तारिखमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here