वर्षाले देशभरका दर्जनौँ सडकमा क्षति

(File Photo)

२० असार, काठमाडौं

केही दिनयता देशभर भएको निरन्तर वर्षाका कारण दर्जनौं सडकमा पहिरो गएको छ । सडक विभागका अनुसार पहिरोका कारण १५ वटा सडक अझै अवरूद्ध छन् ।

५७ वटा सडकखण्ड एकतर्फी सुचारू गरिएको छ भने ३० ठाउँमा दुबैतर्फ सडक खुलाइएको छ । विभागका अनुसार पाल्पा, बाजुरा, सिन्धुली, मनाङ, दैलेख, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, गुल्मी, सुर्खेत, रसुवा, लमजुङ, धादिङ, मकवानपुर, बर्दिया, गोरखा लगायत जिल्लाका सडकमा पहिरो गएको छ ।

धादिङमा ९ ठाउँमा पहिरो गएको छ। मकवानपुर १० ठाउँमा पहिरो गएको छ ।

मकवानपुरमा तीन ठाउँ सडक अवरूद्ध रहेको सडक विभागले जनाएको छ । सिन्धुपाल्चोकमा दुई ठाउँमा सडक अवरूद्ध भएको छ ।

मनाङ र लमजुङका सात ठाउँमा पहिरोले सडक अवरूद्ध बनेको छ ।

कतिपय स्थानमा प्रहरी तथा सडक विभागको टोली एकतर्फी या दुबैतर्फ सडक खुलाए पनि वर्षा र पहिरोका कारण धेरै ठाउँका सडक अवरूद्ध बनेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here