२० असार, धनुषा ।
धनुषा प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ३५ वर्षीय सन्तोष महासेठ छन् । शुक्रबार राति प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको थियो ।
उनको घरबाट २४ किलो २८० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
उनी यसअघि पनि गाँजासहित पक्राउ परेका थिए । अदालतले उनलाई १५ हजार रूपैयाँ धरौटीमा मुक्त गरेको थियो ।