विरिङ खोला बस्ती पस्यो, सिंगो गाउँ नै डुबानको जोखिममा

२० असार, झापा ।

जिल्लाको विरिङमा आएको बाढी मानव बस्तीमा पसेको छ । झापा गाउँपालिकाको वडा नम्बर ५ खयरबारीमा बाँध फुटाएर कनकाई पछिको ठूलो नदी गाँउ पसेको हो ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार नदीले धमाधम बाँध भत्काइदिएको छ । २० घर डुबानमा परिसकेको उनले बताए । अन्य आसपासको बस्ती पनि उच्च जोखिममा छ ।

यसैगरी, गौरीगञ्ज गाउँपालिकाको आमडाँगीमा १५ घर डुबानमा परेका छन् । कमल गाउँपालिकाको वडा नं.७ झर्काबाट रतुवा नदीको बाढी गौरादह नगरपालिकाको वडा नं. ५ को बालुबथानतिर पस्न लागेको छ ।

जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण जल सतह बढेको छ ।

यसैबीच, माछा पोखरीको पानीमा डुबेर झापाको भद्रपुरमा एक जनाको शनिबार बिहान मृत्यु भएको छ ।

वडा नम्बर ९ का ६५ वर्षीय धनसिंह राजवंशीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here