पहिरो पञ्छाएर नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फि सञ्चालनमा

१९ असार, चितवन ।

निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरूद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै शनिबार बिहान ९ः१० बजेदेखि एकतर्फी रूपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम सुरू भएको छ ।

चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।

सो सडक क्षेत्रमा बिहीबारदेखि पटक–पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ ।

पहिरोका कारण बिहीबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरूद्ध हुँदै यात्रुहरू अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here