इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन शुरु

१९ असार, काठमाडौं ।

इन्डोनेसियाले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको छ ।

ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै शुरु गरिएको बताइएको छ । शुक्रबार एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको शुरुवात गरिएको हो ।

शुक्रबार आज बिहान सो विद्यालयका १ सय जना विद्यार्थीलाई खोप लगाइएको थियो । इन्डोनेसिया सरकारले बालबालिकालाई खोप लगाउने कार्यक्रमलाई एक राष्ट्रिय अभियानका रुपमा शुरु गर्ने जनाएको छ ।

जाकार्ता प्रान्तीय प्रशासनले उक्त क्षेत्रका कम्तीमा पनि १२ लाख जना बालबालिकालाई यो खोप दिने लक्ष्य राखेको छ । विद्यालयहरुमा नै पुगेर सो खोप दिइने स्थानीय स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

जुलाई १ सम्मको तथ्यांकअनुसार इन्डोनेसियाका तीन करोडभन्दा बढी नागरिकले सिनोभ्याक्सको एक मात्रा खोप लगाइसकेका छन् । त्यसैगरी १ करोड ३० लाख मानिसले दुवै मात्रा खोप लिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here