१९ असार, गोरखा ।
जिल्लाको बारपाक र अजिरकोट जोड्ने पक्की पुल भत्किएको छ । दरौंदी नदीको बाढीले पुल भत्किएको हो ।
शुक्रबार रातिको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने पुलको एकातर्फको भाग भत्काएको हो ।
यो पुल पाँच वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भएको स्थानीय बताउँछन् ।
स्थानीयका अनुसार वर्षा र बाढीले अन्य सडक र धानबालीमा समेत क्षति पुगेको छ ।