जंगली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित

फाइल फोटो

१९ असार, गौर ।

केही दिन यता प्रदेश २ को विभिन्न जिल्लामा जंगली हात्ती मानव बस्तीभित्र देखिएका छन् ।

रौतहटमा पनि शुक्रबार राति जंगली हात्ती बस्तीमा पसेको छ । जंगली हात्ती बस्तीमा पसेपछि स्थानीयवासी त्रसित भएका छन् ।

गएराति देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेको एक जंगली हात्ती शिवनगर हुँदै रौतहटको माधवनारायण नगरपालिकाको वडा नं. ५ मिठुअवामा आइपुगेको छ ।

सो हात्तीले शिवनगरको एक घरमा क्षति पुर्याएको छ भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको छ ।
गाउँबस्तीमा जंगली हात्ती हिंडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन् ।

हात्ती नियन्त्रणमा लिन वन कार्यालय, नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई भनिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here