१९ असार, गोरखा ।
जिल्लाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार रातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी टोली र स्थानीय मिलेर उनीहरु दुवैको शव बाहिर निकालेका छन् । गाउँपालिका अध्यक्ष राजु गुरुङले शनिबार बिहान १० बजेतिर शव बाहिर निकालिएको जानकारी दिए ।