नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो

१९ असार, चितवन ।

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

भरतपुरमहानगरपालिका–२९ सेती दोभानमा शुक्रबार राति पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।

उनले भने, ‘यसअघि जलवीरेको पहिरो हटाएर आउने क्रममा सेती दोभानमा पुनः पहिरो गएको हो। यसले दुवैतिरको सडक अरुवद्ध भएको छ ।’

पहिरो पन्छाउन गएका दुईजना प्रहरी पनि थुनिएका थिए । एसपी अधिकारीका अनुसार पहिरोमा फसेकाहरुलाई प्रहरीले सुरक्षा व्यवस्था मिलाइएको छ ।

यसअघि इच्छाकामना गाउँपालिका–६मा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो । शुक्रबार दिनभरी नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो आउने जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here