रामनगरको बजेट ३२ करोड

निरज यादव/प्रदेशपालिका
१८ असार, सर्लाही

जिल्लाको रामनगर गाउँपालिकाको आठौँ गाउँसभा बिहीबार सम्पन्न भएको छ ।

आर्थिक बर्ष २०७८/०७९ नीति तथा कार्यक्रम उक्त गाउँपालिकाको वडा नं. २ स्थित सभा हलमा सम्पन्न भएको थियो । आगामी आर्थिक वर्षको ३२ करोड ८७ लाख रूपैयाँको अनुमानित बजेट निमित्त प्रमुख प्रसाशकीय अधिकृत कृष्ण कुमार यादवले प्रस्तुत गरेका थिए ।

गाउँपालिका उप्रमुख नितु देवी यादवको अध्यक्षता तथा भुपु प्रमुख प्रशासकीय अधिकृत धर्मनाथ सिंहको प्रमुख आतिथ्यतामा भएको गाउँसभामा विशेष बी.ओ.पी छतौना का प्रहरी निरीक्षक संजीत तिवारी, गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत रामपुकार महतोलगायतको सहभागिता थियो ।

कार्यक्रम सञ्चालन गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत महतोले गरेका थिए । कार्यक्रममा गाउँपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, राजनितिक दलका प्रतिनिधी, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here