वर्षाका कारण घर भत्किँदा ३ जना घाइते

निरज यादव/प्रदेशपालिका
१८ असार, सर्लाही ।

अविरल वर्षाको पानीले घर भत्किँदा ३ जना घाइते भएका छन् । घर भत्किएपछि किच्दा सर्लाहीको मलङ्गवा नगरपालिका-६, खुटौनाका तीन जना घाइते भएका छन् ।

बुधबार राती २ बजेतिर महेशी रामकी श्रीमती सुशीला देवी महराको खपडाले छाएको दुई तले कच्ची घर भत्किएको हो । घर भत्किएर किँच्दा घरधनी ५० वर्षीया सुशीला देवी, रवीन्द्र रामकी २६ वर्षीया श्रीमती रेखा देवी र रेखाकी छोरी २ वर्षीया अर्चना महरा घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाईतेहरुको जिल्ला अस्पताल मलंगवामा उपचार चलिरहेको छ । घरमा १० जना सुतेको भए पनि अरुले भने भागेर ज्यान जोगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here