मनाङमा बाढीले भत्काएका सडक अझै बनेनन्

१८ असार, लमजुङ ।

असारको पहिलो साताभर आएको विनाशकारी बाढीले क्षतविक्षत बनाएको मनाङको सडक सम्पर्क अझै जोडिन सकेको छैन । बाढीले ठाउँठाउँमा सडक भत्काएकाले हिमाली जिल्ला मनाङको अन्य जिल्लासँग सडक सम्पर्क बिच्छेद भएको छ ।

बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङदेखि मनाङको माथिल्लो मनाङसम्मका विभिन्न स्थानमा बाढीले भत्काएका सडक अझै उस्तै छन् । बाढीले बेँसीसहर–चामे सडकखण्ड छियाछिया बनाएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

उनले भने, ‘जेठ ३१ देखि नै परेको वर्षासँगै विभिन्न खोलामा आएको बाढीले बेँसीसहर–चामे सडकको ठाउँठाउँमा सडक भत्किएको छ, केही ठाउँमा बाढीले सडक बगाएको छ । ती सडक तत्काल सुचारु हुने सम्भावना छैन ।’

१ असारमा आएको बाढीले बेँसीसहर–चामे सडक अवरुद्ध भएकाले खाद्यान्नलगायत अत्यावश्यक सामानसमेत हेलिकोप्टरको माध्यमबाट ल्याउनुपर्ने बाध्यता रहेको प्रजिअ लामिछानेले बताए । उनले बेँसीसहर–चामे सडकखण्डको ४० प्रतिशत सडक अवरुद्ध भएको भन्दै सडक सञ्चालन हुन कम्तीमा एक महिना लाग्ने बताए ।

मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बाढीले सडकमा ठूलो क्षति पु¥याएकाले बाढीको क्षतिको विवरण संकलन गर्न जान पनि असहज भएको जानकारी दिए । प्रहरीका अनुसार माथिल्लो मनाङतिर माटो र ढुंगाले बनेका केही घर पनि भत्किएका छन् । केही घर उच्च जोखिममा छन् ।

बाढीले नासोँ गाउँपालिकामा सबैभन्दा बढी क्षति पु¥याएको छ । नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार नासोँ गाउँपालिका– १ तालगाउँ, ३ धारापानी, ४ ओडार, ५ थोचे र ६ र ७ तिल्चे र ताचै बाढीपहिरोबाट बढी प्रभावित भएका छन् ।

जिल्लाका चारवटा स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासोँ र मनाङ ङिस्याङ गाउँपालिकामा बाढीले क्षति पु¥याएको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । उनले प्रभावित क्षेत्रमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली जाने प्रयास गरे पनि चामे बजारको बीच भएर बग्ने घट्टेखोलाको बाढीले खोला तर्न नसकेर बाटोबाटै टोली फर्किएको जानकारी दिए ।

नासोँ गाउँपालिका– २ का वडाध्यक्ष भीमबहादुर गुरुङले बाढीले खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या बढेको छ । खानेपानीका लागि आकशेपानीको भर पर्नुपर्ने अवस्था आएको स्थानीय जनप्रतिनिधिले बताए ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामेबजारका ६० बढी घर जोखिममा परेका छन् । ३१ जेठदेखि परेको वर्षाले मनाङमा ५६ घर पूर्ण रूपमा क्षति भएको छ । दुई सय घर जोखिममा परेको मनाङ प्रशासनले जनाएको छ । बाढीले मस्र्याङ्दी नदी अन्य खोलानलामाथि बनेको बेलिब्रिज, झोलुंगे पुल, लघु जलविद्युत् र खानेपानीको पाइप बगाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here